हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने

त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

Advertisement
हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो । ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको महत्वपूर्ण साझेदारी गरे । अंशुमान व्यक्तिगत ४१ रनमा आउट भए ।
त्यसपछि पनि कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारी गरे । अन्तिम १० बल खेल्न बाँकी छँदा कोट्जी ८६ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।

यससँगै उनी टी-२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए ।
जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

मैदानमा उत्रिदा यूएईसामू आक्रमण क्रिकेट खेलेर जितको प्रयास गर्ने कि हार्दा पनि रन रेटमा माथि रहँदै फाइनलमा पुग्न चाहिने १३४ रन कटाउने विकल्प थियो । खेलपछि कप्तान मोहम्मद वासिम भन्छन्, सुरुमा हामीले जितका लागि खेलेका थियौं । तर जब दुई विकेट गुमायौं, प्लान बीमा गयौं ।’

यूएईको सुरुवात निकै खराब थियो । मात्र १९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमायो । खालिद शाहले चौथो विकेटका लागि अलीशान शराफूसँग महत्वपूर्ण ५१ रनको साझेदारी गरे । खान ३५ रनमा आउट भए । थप ११ रन जोड्दा शराफू पनि ३० रनमा आउट भए । जतिबेला टिमको स्कोर ८१/५ थियो ।

तर बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गर्दै यूएईलाई फाइनलमा पुर्‍याए । १७ ओभरसम्म हङकङ खेलकै थियो, यूएईले १०९ रन बनाएको थियो र १८ बलमा २५ भन्दा कम रन दिएको भए फाइनलमा पुग्न सक्थ्यो । तर चार चौकाको मदतमा १४३ रन बनाउन सक्यो । र, ६९ रनको हारका बाबजुद रन रेटमा हङकङलाई उछिन्न सफल भयो ।

समूह चरणका चारमध्ये एकएक खेल जितेका दुबै टिमको समान २/२ अंक रहृयो, तर रन रेटका आधारमा रेटका आधारमा यूएई फाइनलमा पुगेको छ । अब समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।

सम्बन्धित खवर

लोकप्रिय